Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचारपानी शुद्ध खाने हो, यहाँ योजना नै खाइदिने सम्मका भ्रष्टाचार उपभोक्ता समितिमा देखिन्छः सरेश नेपाल

पानी शुद्ध खाने हो, यहाँ योजना नै खाइदिने सम्मका भ्रष्टाचार उपभोक्ता समितिमा देखिन्छः सरेश नेपाल


चौतारा । अर्थ तथा विकास समिति वाग्मती प्रदेशका सभापति सरेश नेपालले पछिल्लो समय विकासमा विकृति देखिएको बताएका छन् । सिन्धु खबरद्धारा सञ्चालित कार्यक्रम मिसन डेभलपमेन्टमा कुरा गर्दै उनले अहिलेका उपभोक्ता समितिहरु पारदर्शी नभएको र समितिमा बस्न हानाथाप गर्ने प्रवृतिले विकृति रहेको कुरा प्रष्ट पारेको बताए । उनले भने, ‘पहिला उपभोक्ता समितिमा बस्दा समय दिनुपर्ने र स्थानीय जनताबाट निश्चित प्रतिशत श्रमदान गराउनुपर्ने बाध्यकारी व्यवस्था थियो त्यसैले समितिमा बस्ने मान्छे नै पाउँन गार्हो थियोे, तर अहिले उपभोक्ता समितिमा बस्न हानाथाप छ किनकि अहिलेका उपभोक्ता समिति अपारदर्शी छन् ।’

‘उपभोक्ता समितिमा बस्नेहरु राजनीतिक श्रेत्रभन्दा बाहिरको हुने र उनीहरु पैसा कमाउन मात्रै त्यहाँ बस्ने प्रवृति बढेको छ, उनले भने, फल खाने हो रुख नै खान त भएन नि ?’ उदाहरण दिँदै उनले खानेपानीको उपभोक्ता समितिले पानी शुद्ध खाने र ख्वाउने हो यहाँ योजना नै खाइदिन्छन् । आत्मकेन्द्रित र चाँडै धनी बन्ने अभिलाषाले यस्ता कामहरु भएको उनले बताए । कारवाही गर्ने धेरै निकाय हुँदाहुँदै पनि अहिलेसम्म एक जनालाई पनि कारवाही भएको छैन् उनले ठोकुवा गरे । पछिल्लो समय नितिगत भ्रष्टाचार मौलाउँदैं गएको बताउँदै उनले योजनाहरु छनोट गरेर पैसा हाल्दा नै कहाँ बढी भ्रष्टाचार गर्न सकिन्छ त्यहाँ नै योजना पार्ने गरेको र त्यहीबाट बढी योजनाहरु आउने गरेको आरोप लगाए ।

हेर्नुहोस उनीसँग गरिएको कुराकानी र सिन्धुपाल्चोकका स्थानीय सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटका विषयमा बनेको यो कार्यक्रम




क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस