बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारइन्द्रावतीको १२ नम्बर वडाको सबै सेवा बन्द

इन्द्रावतीको १२ नम्बर वडाको सबै सेवा बन्द


चौतारा । इन्द्रावती १२ का तीनजनामा कोरोना संक्रमण देखिएपछि वडाबाट दिने सबै सेवा बन्द गरिएको छ । वडाले एक सूचना जारी गर्दै अत्यावश्यक काम भन्दा बाहेक अन्य सेवा बन्द गरिएको जानकारी दिएको छ । वडाले रोगबाट बच्न अत्यावश्यक काम बाहेक अन्य कामका लागि घरबाहिर ननिस्क्न पनि सर्वसाधारणमा आग्रह गरेको छ ।

भारत र स्याङजाबाट आएका तीनजनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि थप सुरक्षाका लागि भन्दै वडाले वडाबाट दिइने सबै सेवा बन्द गरेको हो । वडाले नै निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका उनीहरुको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । दुई पुरुष र एक बालिकालाई थप उपचारका लागि मेलम्ची नगरपालिकामा रहेको आइसोलेसन वार्डमा पठाइएको छ । बालिका १ वर्षकी मात्रै भएकीले उनकी आमालाई पनि आइसोलेसन वार्डमा पठाइएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!