गृहपृष्ठ ∕ समाचार ∕ ‘इनफ इज इनफ’ अभियानका अनशनरत युवाको माग सम्बोधन होस् : प्रदेश सभा सदस्य पौड्याल ‘इनफ इज इनफ’ अभियानका अनशनरत युवाको माग सम्बोधन होस् : प्रदेश सभा सदस्य पौड्याल सिन्धु खबर असार १७, २०७७ गते १२:०५ मा प्रकाशित चौतारा । प्रदेश सभा सदस्य रमेश पौड्यालले पाँच दिन अघि देखि अनशसनमा बसेका युवाहरुको माग सम्बोधनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार आर्थिक वर्ष २०७७ ७८ को विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै पौड्यालले पाटन दरबार क्षेत्रमा अनसनरात सुवानी प्रजापति, पुकार गुरुङ, सुदीन गुरुङलगायत युवाहरुले राखेका माग सम्बोधन गर्न प्रदेश सरकारलाई आग्रह गरका हुन् । ‘इनफ इज इनफ अभियानमा सहभागि अनसनरत युवाहरुले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, आरडीटि बन्द गर्नुपर्ने भन्दै पारदर्शिता र जवाफदेहितकालागि राखेको मागलाई छिट्टै सम्बोधन गर्न सरकारलाई माग गर्दछु’ उनले भनेका छन् । अनसनरत युवामध्ये केही युवाको स्वास्थ्यमा समस्या देखिएकाले उनीहरुको जीवन रक्षाको लागि पहल गर्न पनि पौड्यालले सरकारलाई आग्रह गरेका छन् । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे