शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारप्रदेश सभा सदस्य लामाले भने, ‘मन्त्रीज्यू मैले ग्रेट ट्रेल बनाउँछु भनेको हो, लिटल ट्रेल हैन’

प्रदेश सभा सदस्य लामाले भने, ‘मन्त्रीज्यू मैले ग्रेट ट्रेल बनाउँछु भनेको हो, लिटल ट्रेल हैन’


चौतारा । प्रदेश सभा सदस्य निमा लामाले हेलम्बु ग्रेट ट्रेललाई छुट्याएको बजेटप्रति आपति जनाएका छन् ।

उनले हेलम्बु ग्रेट ट्रेलका लागि पर्यटन उद्योग तथा वन वातावरण मन्त्रालयले २० लाख छुट्याएकोकमा असन्तुष्टि जनाउँदै उनले आफूले लिटल ट्रेल बनाउन नलागेको बताएका छन् ।

उनले भने, ‘मैले मन्त्रीज्युलाई कार्यकक्षमै भेटेर ग्रेट ट्रेलको लागि रकम विनियोजन गर्न भनेको थिए उहाँले लिटल ट्रेल बनाउन लागेको जति बजेट विनियोजन गर्नुभएछ ।’

ग्रेट ट्रेल निर्माणको काम धमाधम भइरहेको छ । यो नेपालकै लागि गौरवको आयोजना पनि हो । ग्रेट ट्रेल ३ अर्ब बढी लगानीमा बन्दैछ । ६० किलोमिटर लम्बाई भएको ग्रेट ट्रेलले रसुवा र सिन्धुपाल्चोकलाई जोड्दछ ।

मंगलबार विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा बोल्दै लामाले मेला महोत्सवका नाममा ५० औ लाख बजेट विनियोजन गर्ने तर सिन्धुपाल्चोककै गौरवको आयोजनाप्रति थोरै रकम विनियोजन गरेको प्रति असन्तुष्टि जनाएका हुन् ।

पर्यटन उद्योग तथा वन वातावरण मन्त्रालयका मन्त्री सिन्धुपाल्चककै अरुण नेपाल छन् । उनले विभिन्न सालिक निर्माणमा ५० औं लाख हालेको तर महत्वपूर्ण विकास निर्माणमा बजेट विनियोजन नगरेको भन्दै हिजोको छलफलमा चर्को आलोचना भएको थियो ।

लामाले मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पाहुना सत्कार र राजकीय समारोहका नाममा लाखौं रकम छुट्याएकोप्रति आपति जनाएका छन् । गणतन्त्रमा के को राजकीय ? उनले प्रश्न गरे ।

उनले प्रदेश निति तथा योजना आयोगको कुनै काम नभएको भन्दै त्यसलाई जनगणना गर्न प्रयोग गर्न सुझाएका थिए । उनले कृषि तथा सहकारी मन्त्रालयको ‘बफलो कग्रेस’ (भैसी सम्मेलन) कार्यक्रम सिन्धुपाल्चोकको मेलम्चीमा राख्न आग्रह गरे ।

कृषि मन्त्रालयबाट सिन्धुपाल्चोकमा एक रुपैयाँ बजेट विनियोजन गरेको छैन् । उनले सांकेतिक रुपमा त्यसको विरोध गर्दै मेलम्ची नगरपालिकाले वार्षिक २० करोड बढीको दुध बेच्ने हुँदा ‘भैसी सम्मेलन’ त्यही गर्न सुझाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!