गृहपृष्ठ ∕ प्रवास ∕ सिन्धुपाल्चोकका किरणको इटालीमा मृत्यु सिन्धुपाल्चोकका किरणको इटालीमा मृत्यु सिन्धु खबर असार १७, २०७७ गते १०:४३ मा प्रकाशित काठमाडौं । इटालीमा सिन्धुपाल्चोकका एकजनाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएका २८ बर्षिय किरण खरेलको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो । इटालीको मिलनमा बस्दै आएका खरेल पाभिया शहरमा रहेको तिसिनो नदीमा साथीहरुसहित पौडी खेल्न गएका थिए। उनको शव त्यहाँको स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको र पूर्ण रिपोर्ट आएपछि मात्र सम्बन्धित परिवारलाई जिम्मा दिने अस्पतालले जानकारी दिएको छ। मृतक खरेलको अन्तिम दाहसंस्कार इटालीमानै गर्ने वा नेपाल पठाउने भन्ने सन्दर्भमा छ्लफलपछी मात्र टुंगो लाग्ने एनाआरएन इटालीका उपाध्यक्ष छबिलाल कंडेलले जानकारी दिएका छन्। मृतक खरेल मिलानमा रहेको स्टारबक्स रिजर्भ कफिशपमा कार्यरत थिए। क्याटेगोरी : प्रवास, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा मेलम्ची अस्पतालकाे एम्बुलेन्स घुमफिर र रमाईलाेका लागि प्रयाेग उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे जुगलका दुई बस्ती सार्न सिफारिश धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै