Techie IT
Wednesday, December 2,2020 / बुधबार, मंसीर १७, २०७७
×
गृहपृष्ठसमाचारपत्रकारको सुरक्षाको माग गर्दै प्रेस युनियनले बुझायो ज्ञापनपत्र

पत्रकारको सुरक्षाको माग गर्दै प्रेस युनियनले बुझायो ज्ञापनपत्र


चौतारा । कोरोना संक्रमणका समयमा रिपोर्टिङमा खटिएका पत्रकारको स्वास्थ्य परीक्षण, सञ्चारकर्मीलाई राहत प्याकेजको व्यवस्था, लकडाउनका कारण प्रकाशन हुन नसकेका पत्रपत्रिकाको प्रेस काउन्सिलबाट वर्गीकरण गर्ने बेला लकडाउन अवधीभरका अंकलाई छाडेर बाँकी अवधीलाई शतप्रतिशत मानेर वर्गाीकरण गर्न माग गर्दै प्रेस युनियन सिन्धुपाल्चोक शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

आज युनियनले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो । अनलाईन सञ्चारमाध्यमलाई दिने लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा वितरण गर्न, कोभिड-१९ लगायत संक्रमणको सूचना प्रणलीलाई सहज रुपमा व्यवस्थित र उपलब्ध गराउने व्यवस्था मिलाउन, समाचार संकलन र लेखनका कारण पत्रकारमाथि हुने धम्की, आक्रमण र धरकपडको घटना अन्त्य गर्न र यस्ता प्रक्रियामा सहभागीहरुलाई कारवाहीको दायरामा ल्याउन पनि युनियनले माग गरेको छ ।

युनियनकी जिल्ला अध्यक्ष दुर्गा आचार्यले एकातिर पत्रकारको व्यवसायिक सुरक्षा नभएको अवस्था देखिनु र अर्कोतिर व्यवस्थापन पक्षले सञ्चारकर्मीहरुलाई जागिरबाट निकालिनुले राज्य सञ्चार जगत र सञ्चारकर्मीप्रति उदासीन बनेको बताइन् । यसैको दबाबस्वरुप प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको उनको भनाइ छ ।

साथै जिल्ला शाखाको नेतृत्व परिवर्तनपछि कार्यसमितिको पहिलो बैठक बसेको छ । बैठकले कोभिडका कारण समाचार संकलन, प्रकाशन प्रसारणमा असहज भएकाले सहजीकरणका निम्ति राज्यलाई अनुरोध गर्ने, प्रेसमाथि भएको हमलाको निन्दा गर्ने, पत्रकारहरुको व्यवसायिक सुरक्षाका लागि `युनियन पत्रकार कल्याण कोष` स्थापना गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ ।

युनियनका उपाध्यक्ष किशोर बुढाथोकीले पत्रकारहरु समस्यामा परेको समयमा सहयोग गर्न कल्याणकारी कोष निर्माण गरेको बताएका छन् । युनियनको बैठकमा पत्रकार महासंधका पूर्व सभापति शुदर्शन आचार्य, युनियनका संस्थापक अध्यक्ष ऋषिराम पौडेल, युनियनका पूर्व सभापतिद्धय पवित्र कुमार खड्का र युवराज पुरीसमेत उपस्थित भएका थिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस