शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचाररेडियो हेलम्बुमाथि भएको आक्रमण दुखदः प्रेस युनियन

रेडियो हेलम्बुमाथि भएको आक्रमण दुखदः प्रेस युनियन


चौतारा । नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाले चौतारामा रहेको रेडियो हेलम्बु ८९.६ मेगाहर्जमा भएको तोडफोडको भत्र्सना गरेको छ । आज युनियनकी अध्यक्ष दुर्गा आचार्यले एक विज्ञप्ति जारी गर्दै मदिरा सेवन गरेर रेडियोमा भएको आक्रमणप्रति दुख प्रकट गरेकी छिन् ।

विज्ञप्तिमा भनिएको छ, सुरक्षा घेराभित्रै रेडियोमा आक्रमण हुनुले सञ्चारमाध्यम सुरक्षित छैनन् भन्ने स्पष्ट पारेको छ । युनियनले घटनाको छानबिन गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । रेडियोमा गएराति मादक पदार्थ सेवन गरेका भोज बहादुर थापामगरले बञ्चरोले रेडियोको ढोका तोडफोड गरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!