Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठसमाचाररक्सी खाएका व्यक्तिबाट रेडियो हेलम्बुको कार्यालय तोडफोड

रक्सी खाएका व्यक्तिबाट रेडियो हेलम्बुको कार्यालय तोडफोड


चौतारा । जिल्लामा रहेको रेडियो हेलम्बुमा स्थानीय अराजक व्यक्तिले तोडफोड गरेका छन् । गएराति पौने नौ बजेतिर रक्सी खाएर आएका भोज बहादुर थपामगरले बञ्चरोले रेडियोको ढोकामा तोडफोड गरेको हेलम्बु रेडियोका स्टेशन म्यानेजर डेम्लिङ लामाले जानकारी दिए ।

राति बीबीसी नेपाली सेवा बजिरहेको थियो उनले भने, टेक्निसियन एक्लै भएको समयमा रेडियोको ढोकामा बञ्चोरोले हानेर ढोका फुटाएपछि टेक्निसियन भागेका थिए । थापामगरले १० मिनेट जति रेडियोमा आतंक मच्चाएपछि प्रहरीलाई खबर गरेको स्टेसन म्यानेजर लामाले बताए । प्रहरीले सो ठाउँबाट बञ्चरो बरामद गरेको छ । निज व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । बञ्चरो प्रहारबाट रेडियोको ढोकामा क्षति पुगेको छ । लामाले यस्तो अराजक घटनाले त्रास फैलाएको र असुरक्षा महसुस भएको बताए । रेडियो हेलम्बु चौतारा बसपार्कको डाँडामा छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस