शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारमध्य भोटेकोशी आयोजनाका मजदूर बेपत्ता

मध्य भोटेकोशी आयोजनाका मजदूर बेपत्ता


चौतारा । निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन् ।

भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आइतबार बिहान किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । आयोजनाका कर्मचारी दीपक श्रेष्ठका अनुसार उनी सात महिनादेखि ग्वाग्छी हाइड्रोपावर चाकुमार्फत आयोजनामा काम गर्दै आएका थिए । बेपत्ता मजदूरको प्रहरी र स्थानीयवासीबाट निरन्तर खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!