Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठराजनीतिकोरोना रोकथाम र नियन्त्रणमा वाग्मती प्रदेश ‘सफल’: मन्त्री दुलाल (भिडियोसहित)

कोरोना रोकथाम र नियन्त्रणमा वाग्मती प्रदेश ‘सफल’: मन्त्री दुलाल (भिडियोसहित)


चौतारा । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना रोकथाम र नियन्त्रणमा प्रदेश सरकारले सफलतापूर्वक काम गरेको दावी गरेका छन् । उनले रोकथाम भन्नका लागि भनिएको मात्रै नभएर कार्यसम्पादन नै गरेको जिकिर गरेका हुन् ।

सिन्धुखबरसँग कुरा गर्दै उनले वाग्मती प्रदेशमा ३ सय १० केश रहेकोमा ती सबै विदेशबाट आएका भएकाले कोरोना संक्रमण समुदायस्तरमा नगएको दावी गरे । विदेशबाट आएकाको कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमण नफैलन प्रदेश सरकार लागिपरेको उनले बताए ।

‘उपत्यकाका शहरी क्षेत्र बाहेक बाँकी १० जिल्लामा प्रदेश सरकारकै नेतृत्वमा कोरोना रोकथाम र नियन्त्रणका कामहरु भएको छ उनले भने, १३ हजार पीसीआर परीक्षण गर्दा ३ सय १० जनामा मात्रै कोरोना देखिनु पनि ठूलो सफलता हो ।’ संख्यात्मक आधारमा वाग्मतीमा परीक्षण द्रुत गतिमा भएको उनको भनाई छ ।

हेरौ उनीसँग गरिएको कुराकानी

 

 

 

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस