शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचार४ जनाले जिते सिन्धुपाल्चोकमा कोरोना

४ जनाले जिते सिन्धुपाल्चोकमा कोरोना


चौतारा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण भई चार जना निको भएर घर फर्केका छन् । आज (शुक्रबार) दुई जना निको भएसँगै कोरोना जित्नेको संख्या सिन्धुपाल्चोकमा चार पुगेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार आज पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई जना कोरोनाबाट निको भएका हुन् । दोलखा हाइड्रोपावर कम्पनीमा कामको सिलसलामा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का ३९ र ४० वर्षिय दुई जना आज निको भएको चापागाईंले जानकारी दिए ।

उनीहरु गएको जेठ १० गते गते आएपछि गरिएको पीसीआर परीक्षण पोजेटिभ देखिएको थियो । मेलम्चीको आइसोलेसनमा उपचारका लागि राखिएका उनीहरुको गएको ९ गते पुनः पीसीआर परीक्षण गरिएको थियो । अन्तिमपटक गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

त्यस्तै हिजो इन्द्रावती गाउँपालिकाका कोरोना संक्रमित पनि रोगलाई जितेर घर फिरेका छन् । इन्द्रावतीमा कोरोना लागेका दुवै जना निको भइसकेको कार्यालयले जनाएको छ । उनीहरु दुवै भारतबाट आएका हुन् । कार्यालयका अनुसार सिन्धुपाल्चोकमा २९ संक्रमितमध्ये एक्को मृत्यु भएको छ भने चार जना निको भएर घर फर्केका छन् । अहिले आइसोलेसनमा २४ संक्रमित उपचाररात छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!