Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठपर्यटनबाह्रबिसेको नीति तथा कार्यक्रम : व्यवसायिक कृषि तथा पशुपालन र पर्यटन विकासमा जोड

बाह्रबिसेको नीति तथा कार्यक्रम : व्यवसायिक कृषि तथा पशुपालन र पर्यटन विकासमा जोड


बाह्रविसे । बाह्रबिसे नगरपालिकाले आगामी आर्थिक वर्षको लागि महत्वकाक्षी नीति तथा कार्यक्रमसँगै सातौ नगरसभाबाट ५३ करोड ४९ लाख १ हजार ६ सय सत्तरी बजेट विनियोजन गरेको छ । बाह्रबिसेले कोभिड १९ रोकथामदेखि व्यवसायिक रोजगारीमा चौरी, लोकल कुखुरा पालनदेखि पर्यटकीय बृहत योजनासहित सेनेटरी प्याड सचेतना सम्मको कार्ययोजना तयार पारेको हो ।

कोरोना भाइरस संक्रमणलगायत रोगजस्ता विपदबाट सहज र सुरक्षित बनाएर स्थानीय स्तरमा रोजगार सिर्जना गरिने बाह्रबिसे नगरका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए । ‘हाम्रो नगरलाई समृद्ध बनाउनको लागि पूर्ण लक्षित कार्यक्रम र योजना बनाएका छौ, यसलाई कार्यान्वयन गर्न योजना कोसेढुंगा सावित हुनेछ ।’ शेर्पाले भने । जसको लागि संघ, प्रदेश सरकारसँगको लागत साझेदारमा अनुदान कार्यक्रमलाई समेत संलग्न गराएर अर्गानिक पकेट क्षेत्र, चौरी गाई, भेडा तथा बाख्रा, गाई, भैंसी, कुखुरा, वंगुर पालनलाई विशेष जोड दिइने उनले सुनाए ।

पशु अस्पतालको सम्भाब्यता अध्ययन गरि केन्द्र तथा प्रदेश सरकारको सहयोगमा स्थापना गर्न पहल गरिनेछ । ‘जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्ने, दुध,फुल र मासु उत्पादनमा आत्म निर्भर गराउन एक नीति वनाई अनुदान कार्यक्रमहरु संचालन गरिनेछ ,’ उनले भने ।

नगरपालिका भित्रका पर्यटकिय सम्भावना वोकेका स्थानहरुको पहिचान तथा गुरु योजना तयार गरि सो क्षेत्रहरुको विकास गर्ने नीति बाह्रबिसेको रहेको छ । भयौली कुण्ड,घुडे बुद्धपार्क निर्माण तथा होमस्टेको व्यवस्थापन,चुल्ठी,ठिङसाङ,खाग्रे गुफा,गोम्वुलुङ जस्ता क्षेत्रहरुलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न एकिकृत पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु संचालन गरिने बाह्रबिसे नगरकी उपप्रमुख सुशिला पाख्रिनले बताइन् । ‘टुङटुङ खोला, सुंगुरे तथा घुडे क्षेत्रमा रक क्लाइम्वीङ तथा क्यानोनिङ क्षेत्र विकासको लागि संभाव्यता अध्ययन गरी तत्कालै कार्यक्रम अगाडी वढाइनेछ ।’ उनले भनिन् ।

क्षमादेवी मन्दिर, कफेश्वर महादेव मन्दिर, ओमपार्क व्यवस्थापन बौद्ध उद्यान, खडादेवी मन्दिर, गोल्मास्थान मन्दिर, सिद्धाथान महादेव मन्दिर, जस्ता क्षेत्रहरुलाई साँस्कृतिक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ उनको भनाइ छ । ‘नगरस्तरीय बहुआयामिक साँस्कृतिक संग्रहालय तथा पार्क निर्माण, नगरभित्रका सम्भावित विश्रामस्थल, चमेना गृह, शौचालय, पोर्टर सेल्टर, पर्यटक संरचना केन्द्र आदिमा पहुंच हुने गरी नगरपालिकाले निजीक्षेत्रसंग सहकार्य गरि पर्यटन पदमार्ग लगायत एकीकृत पर्यटकीय र मनोरञ्जन स्थल निर्माण तथा सञ्चालनको पहल गर्नेछौ,’उनले भनिन् ।

प्रदेशस“गको समन्यवमा सुनकोशी वनमा पार्क निर्माण कार्यलाई निरन्तरता दिएर पर्यटन क्षेत्रको विकासका लागि पर्यटन सम्वन्धि तालिम, सेमिनार संचालन तथा ग्रामिण पर्यटनलाई जोड्ने उनले प्रष्ट्याइन् ।

बालमैत्री शिक्षा र सेनेटरी प्याड

नगरविद्यालयमा वालमैत्री सिकाइ प्रक्रियालाई अझै व्यवस्थित बनाइने, प्रत्येक वडामा कम्तिमा १ वटा विद्यालय पर्ने गरी १३ वटा विद्यालयमा मन्टेश्वरी प्रणालीबाट प्रारम्भीक तहको सिकाई व्यवस्थापन गर्ने बाह्रबिसेको शैक्षिक लक्ष्य छ । विद्यालयमा दिवा खाजा, विद्यालय नर्स कार्यक्रम, छात्राहरुलाई सेनिटरी प्याड व्यवस्थापनका कार्यलाई थप प्रभावकारी बनाइने बाह्रबिसे नगरका प्रशासकिय अधिकृत फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए।‘विद्यालयहरुमा हुन सकिने आकस्मिक विपदहरुको आवश्यक व्यवस्थापन गरिनेछ ।’ उनले भने ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस