Techie IT
Saturday, January 23,2021 / शनिबार, माघ १०, २०७७
×
गृहपृष्ठराजनीतिभ्रष्टाचार विरुद्ध भोटेकोशीमा काँग्रेसको जुलुस

भ्रष्टाचार विरुद्ध भोटेकोशीमा काँग्रेसको जुलुस


चौतारा । सरकारले गरेको भ्रष्टाचारको विरोध गर्दै नेपाली काँग्रेस भोटेकोशी गाउँ कार्यसमितिले नारा जुलुस गरेको छ । जुलुस खुकुण्डोल हुँदै ड्राइपोट गेटमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई विभिन्न स्थानीय काँग्रेस नेताले सम्बोधन गरेका थिए ।

१० अर्बको हिसाब माग, सरकारले गरेको भ्रष्टाचार र कालापानीको जमिन फिर्ता ल्याउन सरकारलाई दबाब दिने उद्देश्यले जुलुस गरिएको गाउँकार्यसमितिका अध्यक्ष साङ्दोर्जे शेर्पाले जानकारी दिए ।

जुलुसमा गाउँपालिकाका वडाध्यक्षहरु मुके शेर्पा, कैलाश पौडेल, महिला नेतृ गेल्मु शेर्पा बुढाथोकीलगायतको सहभागिता थियो । जुलुसलाई थप प्रोत्साहन दिन बाह्रबिसेका स्थानीय काँग्रेस नेता युधिर पौडेलसमेत सहभागि भएका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस