गृहपृष्ठ ∕ समाचार ∕ बाह्रबिसे र बलेफिका दुई महिलामा कोरोना संक्रमण, सिन्धुपाल्चोकमा संक्रमितको संख्या २९ पुग्यो बाह्रबिसे र बलेफिका दुई महिलामा कोरोना संक्रमण, सिन्धुपाल्चोकमा संक्रमितको संख्या २९ पुग्यो सिन्धु खबर असार ८, २०७७ गते ११:१२ मा प्रकाशित चाैतारा । सिन्धुपाल्चोकमा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनकोशी गाउँपालिकाको महिला सिर्जनशीलको भवनमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा बसेका दुई महिलामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत चापागाईले जानकारी दिए । बाह्रबिसे नगरपालिका ७ की ३९ वर्षीय महिला र बलेफि गाउँपालिका ८ की २४ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो । बलेफिकी महिला भारतबाट र बाह्रबिसेकी महिला कुवेतबाट जेठ २९ गते आएर क्षेत्रीय क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको असार ६ गते स्वाब संकलन गरेर परीक्षणका लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएको थियो । आज आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको चापागाईले बताए । यसअघि कुवेतबाटै आएका १२ जनामा कोरोना संक्रमण देखिएको थियो । यो सँगै सिन्धुपाल्चोकमा संक्रमितको संख्या २९ पुगेको छ । क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध बिद्यार्थीलाई न्यानाेसहित शैक्षिक सामग्री सिन्धुपाल्चोकमा काेराेना बिरूद्धकाे २१ हजार खाेप आउँदै धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?