तनाव व्यवस्थापन गर्न प्रहरीलाई `योग अभ्यास`

चौैतारा । छैटौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई योग प्रशिक्षण दिएको छ । कोरोना महामारीमा अंग्रपक्तिमा खटिएका प्रहरीलाई योगासन, प्राणायम, ध्यान, योगिक जगिङ, हाँस्य थेरापि ईत्यादिको प्रत्यक्ष रुपमा अभ्यास गराइएको छ ।
श्री पतञ्जली योग समिति, योग प्रशिक्षक कमल कृष्ण अधिकारी , स्वास्थ्य कार्यालयको खोप अधिकृत पार्थमणी न्यौपाने, जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रको कार्यालय प्रमुख डा.बंशवडाम्ब कौण्डियल्यायती र प्रहरी प्रमुख प्रज्वल महर्जनको उपस्थितिमा सुरक्षाकर्मीलाई अनावश्यक तनावबाट बच्ने उपायहरुको बारे मनोपरामर्श दिइएको हो ।
प्रशिक्षकहरुले कोरोना भाईरसको हाल सम्म कुनै औषधि वा भ्याक्सिन नपाईएको अवस्थामा शरीरको रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धी गर्न योगमात्रै एक उपाय रहेको बताउँदै त्यसको लागि आहार,विहार, सदाचारको नियम,पालना,जडिबुटीजन्य आयुर्बेदिक औषधिहरुको नियमित प्रयोग बढाउनुपर्ने बताए ।
सकारात्मक सोचको विकासका साथै घर आँगनमै पाईने गुर्जो,असुरो ,तुलसी, मरिज,पिप्ला जस्ता जडिबुटिहरुको प्रयोग तथा महत्वबारे डा.कौण्डियल्यायतीले चर्चा गरेकी थिइन् । सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ । नेपालमा भने माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस