सिन्धु साहित्य सम्मेलनमा कवि र पत्रकारलाई सम्मान

चौतारा । दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलनमा कवि र पत्रकारलाई सम्मान गरिएको छ । आफ्नो क्षेत्रका रही समाज विकासमा योगदान पु¥याएका ६ कवि र पत्रकार सम्मानित भएका हुन् ।
दुःखी प्रकाशनको आयोजना र शब्द–सारथिको सहआयोजनामा भएको कार्यक्रममा जिल्लामा साहित्यमा योगदान पु¥याएका अमित घिमिरे, कृष्ण सुवेदी ‘भारद्वाज मित्र’, सरल सहयात्री पौडेललाई सम्मान गरिएको हो ।
त्यस्तै जिल्लामा जन्मिएर विभिन्न सञ्चार क्षेत्रमा क्रियाशील ३ पत्रकारलाई पनि सम्मान गरिएको छ । बागमती प्रदेशका प्रेस रजिस्टार्ड रेवती सापकोटा, न्यूज २४ का प्रमोद न्यौपाने र कान्तिपुरमा कार्यरत दामोदर न्यौपानेलाई सम्मान गरिएको हो । सम्मानित व्यक्तिहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख आमानसिं तामाङले सम्मानपत्र प्रदान गरेका थिए । सम्मानित स्रष्टा र पत्रकारहरुले आपूm सम्मानित हुँदा थप जिम्मेवारी बढेको अनुभूति भएको बताए ।
कार्यक्रममा शब्द सारथिको स्मारिका सारथिको विमोचनसमेत गरिएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस