बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारभीमटारका माझी बस्तीका ५३ परिवारलाई श्रीमती संघको राहत सामग्री

भीमटारका माझी बस्तीका ५३ परिवारलाई श्रीमती संघको राहत सामग्री


चौतारा । नायिका श्वेता खड्काले बनाइरहेको माझी बस्तीका ५३ माझी परिवारलाई नेपाल प्रहरी श्रीमती संघले खाद्यान्न लगायत लत्ताकपडा वितरण गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका-१४ संगको सहकार्यमा लकडाउनबाट प्रभावित माझी समुदायलाई संघले चामल लगायत अन्य खाद्यान्न सामाग्री सहित सहयोग गरेको हो ।

संघले प्रती परिवारका लागि ३० केजी चामल, ३ केजी दाल, १ लिटर तेल, ४ वटा साबुन, १ पाकेट नुन, १ थान ब्ल्यान्केट र १ थान झुल सहयोग गरेको छ । संघकी अध्यक्ष ज्ञानु ज्ञवालीले सहयोग सामाग्रीलाई स्थानीय वडा अध्यक्ष शेर बहादुर श्रेष्ठ मार्फत टोलवासीलाई हस्तान्तरण गरेकी थिइन् ।

उनले सामग्रीलाई राहत भन्दा पनि कोसेलीको रुपमा स्विकार गरिदिन आग्रह गरेकी छिन् । उनले माझी बस्ती हेर्ने तीव्र इच्छा भएकाले त्यही क्रममा यस दुखद अवस्थामा केही राहत सामग्री लिएर आएको बताइन् । श्रीमती संघका पदाधिकारीलाई बस्ती विकासको प्रगतिबारे जानकारी दिंदै श्वेताश्री फाउण्डेशनका ब्यवस्थापक यज्ञराज कार्कीले ५३ वटा घरहरुको निर्माण पश्चात अहिले अन्य पूर्वाधार विकासको काम सुरु भएको बताए ।

अहिले वस्तीमा रिटेनिङ्ग वाल लगाउने र बाटोमा ढुङ्गा छाप्ने काम धमाधम अगाडि बढीरहेको छ । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बाट १ करोड ३० लाख र ३ नं प्रदेश सरकारबाट १ करोड गरी जम्मा २ करोड ३० लाख रकम उपभोक्ता समिती मार्फत सहयोग आएको बताए । त्यस्तै सामुदायिक भावन निर्माणका लागि उधोगपती राजेन्द्र खेतानले सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गरेको जानकारी दिदै कार्कीले रक्षा नेपालकी मेनुका थापा मार्फत मुल गेट बनाउने प्रतिबद्धता आएको बताए ।

वडाध्यक्ष शेरबहादुर श्रेष्ठले आफ्नो वडाको सबै भन्दा विपन्न माझी समुदायमा सहयोग सामाग्री वितरण गरिदिएकोमा नेपाल प्रहरी श्रीमती संघ प्रति धन्यवाद प्रकट गरे । सहयोग हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक प्रज्वल महर्जनको समेत सहभागिता थियो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!