विदेशमा ज्यान गुमाएका सिन्धुपाल्चोकका दुइजनाको शव आज नेपाल ल्याईदैं

चौतारा । वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका सिन्धुपाल्चोकका दुई जनाको शव आज नेपाल ल्याइदैं छ । हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट उनीहरुको शव ल्याउन लागिएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा र साउदी अरबबाट भैरबबहादुर बस्नेतको शव ल्याईँदै छ । उनीहरुको शव आज दिउँसो काठमाडौं आइपुग्नेछ । उनीहरुको आफन्त जहाँ छन् त्यही शव पुर्याउने नेपाल सरकारको तयारी छ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस