गृहपृष्ठ ∕ समाचार ∕ कुवेतबाट आएका नौ महिला सहित १८ जनामा कोरोना संक्रमण, सिन्धुपाल्चोकमा संक्रमितको संख्या २४ पुग्यो कुवेतबाट आएका नौ महिला सहित १८ जनामा कोरोना संक्रमण, सिन्धुपाल्चोकमा संक्रमितको संख्या २४ पुग्यो सिन्धु खबर असार ५, २०७७ गते ८:२६ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेलम्ची नगरपालिकास्थित रिभर साइड र बाहुनेपाटीको क्वारेन्टाइनमा राखिएका १८ जनालाई कोरोना संक्रमण भएको हो । यो सँगै सिन्धुपाल्चोकमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार गएराति आएको रिपोर्टमा १८ जनाको पिसीआर पोजेटिभ देखिएको हो । उनीहरुमध्ये ९ जना महिला, सातजना पुरुष रहेका छन् । कुवेतबाट जेठ २९ गते आएका १० महिलामध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै दोलखाबाट जेठ १० मा आएका पाँच पुरुष र भोजपुरबाट जेठ २८ गते आएका चार पुरुषमा कोरोना संक्रमण देखिएको छ । दोलखाबाट आएका पुरुषहरु पाँचपोखरी गाउँपालिकाका हुन् । उनीहरुमध्ये दुई जनालाई यसअघि नै संक्रमण भएको थियो । त्यसैगरी कुवेतबाट आउनेमा हेलम्बु, इन्द्रावती, पाँचपोखरी र मेलम्चीका छन् । उनीहरु कुवेतमा आममाफी पाएर स्वदेश फर्केका थिए । उनीहरु १८ देखि ४१ वर्ष उमेर समुहका छन् । यसअघि इन्द्रावतीका दुई, पाँचपोखरीका दुई र बाह्रबिसे नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको थियो , जसमध्ये एकजनमाको मृत्यु भएको छ भने एकजना निको भएर घर फर्केका छन् । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे