चाैताराका एक पुरुषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ पुग्याे

चौतारा । सिन्धुपाल्चोकमा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४ का २१ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत चापागाइले जानकारी दिए । उनको जेठ ३१ गते स्वाब संकलन गरि परीक्षणका लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएको थियो ।
उनको आज आएको रिपोर्टमा पीसीआर पोजेटिभ देखिएको छ । उनी जेठ २७ गते भारतबाट आएर चौतारा साँगाचोकगढीको मेलचौस्थित क्वारेन्टाइनमा बसेका छन् । उनलार्ई जिल्ला अस्पताल चौताराको आइसोलेशन कक्षमा ल्याइने तयारी भइरहेको छ । योसँगैं जिल्लामा कोरोनाबाट संक्रमितको संख्या ६ पुगेको छ । यसअघि इन्द्रावतीका दुई जना र पाँचपोखरीका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
उनीहरुमध्ये एक जनाको काठमाडौंको टेकु अस्पताल र तीन जनाको मेलम्ची नगरपालिकाको क्षेत्रीय आइसोलेशन कक्षमा उपचार भइरहेको छ । बाह्रबिसे नगरपालिका, राम्चेकी एक महिलाको भने कोरोना संक्रमणको कारण निधन भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस