बाग्मती प्रदेशको बजेट पश्चगमनतर्फ उन्मुखः प्रदेश सभा सदस्य पौड्याल

काठमाडौं । प्रदेश सभा सदस्य रमेश पौड्यालले प्रदेश सरकारकोे तेस्रो बर्षको बजेट हेर्दा अग्रगमनमा हैन पश्चगमनमा हिड्न थालेको जस्तो देखिएको बताएका छन् । प्रदेश सरकारले आफैले गरेका काम बिर्सदै गत वर्ष गरेका वाचाहरुलाई पनि भुलेकोले बाग्मती प्रदेश सरकार पश्चगमनमा हिड्न थालेको बताएका हुन् ।
बाग्मती प्रदेशको बजेटमाथिको छलफलमा भाग लिदैं प्रदेशले पहिलो वर्षमा ल्याएको बजेट जति उत्साहजनक थियो त्यसपछिका बजेटले निराशा ल्याएको उनले आरोप लगाए । उनले प्रदेशले तीन वर्षसम्म प्लाष्टिक मुक्त घोषणा गर्ने योजना ल्याएको थियो त्यो सकियो कि बाँकी छ प्रश्न गरेका छन् ।
२०८५ सम्ममा प्रदेशभर विद्युतीय गाडी सञ्चालन गर्ने प्रदेशको योजना कहाँ पुग्यो भन्दै उनले संघीय सरकारले कर बढाएर विद्युतीय गाडी खरिदै गर्न नसक्ने बनाएकोले प्रदेशको योजना निषेध गर्न संघीय सरकार लागेको आरोप लगाए । पौड्यालले सांसदलाई बाँडिने पैसाको विरोध गरेका छन् । कोरोना महामारीमा सबै क्षेत्र र तह तहसनहस भएको अवस्थामा सांसदलाई दिने पैसामा एक रुपैयाँ पनि कम नभएको भन्दै यति सुरक्षित क्षेत्रका बारे विश्वले पनि केही सिक्न सक्ने भन्दै व्यंग्य गरे ।
उनले कति सुर्य बहादुरको मृत्यु पछि समाजवाद आउने हो भनिदिन सरकारलाई अनुरोध गरे । समाजवाद ल्याउन कति करोड सांसदलाई बजेट बाँड्नुपर्ने हो भन्दै सांसद, मन्त्रीलाई वडाध्यक्षको अधिकार मिचेर तीन करोडमा दौडाउनु लज्जाको विषय भएको बताए । विकासका योजना छनौटका लागि परियोजना बैक बनाउने भनिएतापनि अझै पनि सांसदहरुको गोजीबाट योजनाहरु आउने भन्दै उनले समाजवादमा छिट्टो पुग्न यस्तो गरिएको हो कि ? भनेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस