शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारविदेशबाट आएकालाई राख्न सुकुटेको होस्टेलमा ‘होल्डिङ सेन्टर’

विदेशबाट आएकालाई राख्न सुकुटेको होस्टेलमा ‘होल्डिङ सेन्टर’


चौतारा । विदेशबाट आएका नागरिकलाई राख्नका लागि चौतारा साँगाचोकगढी-१० को सुकेटेस्थित सुकुटे माविको होस्टेल भएको भवनलाई होल्डिङ सेन्टरको लागि प्रयोग गरिने भएको छ ।

विदेशबाट आएका जिल्लाका नागरिकलाई काठमाडौंको होल्डिङ सेन्टरबाट ल्याई सम्बन्धित स्थानीय तहमा पठाउनका लागि सुकुटे माविको होस्टेललाई होल्डिङ सेन्टर बनाउन लागिएको हो ।

विदेशबाट आएका व्यक्तिहरुलाई रिसिभ गर्न र क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने उप-समितिको आज बसेको बैठकले सो होस्टेलमा होल्ड गरि नागरिकलाई उनीहरुको सम्बन्धित स्थानीय तहमा पठाउने निर्णय गरेको उप-समितिका सह संयोजक डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उप-समितिका संयोजक समन्वय अधिकारी महेन्द्रनाथ भट्टराईलगायतको टोलीले हिजो नै सो क्षेत्रको अनुगमन गरेको थियो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!