आईतबार, फागुन २०, २०८०
गृहपृष्ठसमाचारमध्यभोटेकोशीमा ग्याँस सिलिन्डर लिग भई घाइते भएका चाइनिज नागरिकको मृत्यु

मध्यभोटेकोशीमा ग्याँस सिलिन्डर लिग भई घाइते भएका चाइनिज नागरिकको मृत्यु


चौतारा । मध्यभोटेकोशीमा स्टोरकिपर काम गर्ने एक चाइनिज नागरिकको मृत्यु भएको छ ।

बाह्रविसे नगरपालिका जम्बो स्थित मध्य भोटकोशी हाईड्रोपावर कम्पनिको चाईनिज ठेकेदार कम्पनि ग्वाङ्सि हाईड्रो ईलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोको १२ नं साईडमा काम गर्ने २९ वर्षीय चाइनिज नागरिक छिको मृत्यु भएकोडीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

बनेपाबाट लिएर आएको ग्याँस अनलोड गरी स्टोर गर्ने क्रममा ग्याँस झरेर ग्यासँको टुप्पा खसेर लिग भएपछि अनियन्त्रीत भई सो सिलिण्डर घुम्दा छेउमा रहेका छिलाई लाग्न जाँदा घाइते भएका थिए ।

उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको धुलिखेल अस्पतालमा नै मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!