Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठसमाचारप्रेस युनियन सिन्धु शाखालाई महामन्त्री तिमल्सिनाले गरे स्वास्थ्य सामग्री सहयोग

प्रेस युनियन सिन्धु शाखालाई महामन्त्री तिमल्सिनाले गरे स्वास्थ्य सामग्री सहयोग


चौतारा । नेपाल विद्यार्थी संघका महामन्त्री बल्देव तिमल्सिनाले जिल्लामा क्रियाशील पत्रकारहरुकालागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आज पत्रकार महासंघ सिन्धुपाल्चोक शाखामा महामन्त्री तिमल्सिनाले प्रेस युनियनमा आबद्ध सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री दिएका हुन् ।

मास्क, स्यानिटाइजर, ग्लबसलगायतका स्वास्थ्य सामग्री काँग्रेस सभापति विकास लामा र तिमल्सिनाले प्रेस युनियनका अध्यक्ष दुर्गा आचार्य र पत्रकार महासंघका अध्यक्ष महेश श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

अग्रपंक्तिमा खटिएर काम गरिरहेका सञ्चारकर्मीलाई प्रोत्साहन स्वरुप सो सामग्री हस्तान्तरण गरेको तिमल्सिनाले बताए । युनियनले आफ्ना शाखा सदस्यको स्वास्थ्य सुरक्षाका लागि कोरोना बिमा पनि गरेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस