गृहपृष्ठ ∕ राजनीति ∕ सिन्धु काँग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र सिन्धु काँग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र सिन्धु खबर असार २, २०७७ गते २०:३९ मा प्रकाशित चौतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आज चौतारामा काँग्रेस सभापति विकास लामाको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । नेपाली काँग्रेसको केन्द्रीय समितिको निर्देशन अनुसार ७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको निःशुल्क बीमा गर्न माग गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुको एक करोडको बीमा गर्नुपर्ने कांग्रेसको माग छ । क्वारेन्टाइन्को सुधार गर्न र पीसीआर परीक्षण बढाउन पनि कांग्रेसले माग गरेको छ । कांग्रेसले न्यायपूर्ण ढंगबाट राहत वितरण गर्न, विदेशमा रहेका नागरिकको उद्धार र व्यवस्थापन, अस्पतालको व्यवस्थापन, शैक्षिक संस्था, औद्योगिक क्षेत्र, होटल व्यवसाय, सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानको लागि विशेष कार्यायोजना सहित राहत प्याकेज घोषणा गर्न पनि माग गरेको छ । सरकारले कोरोना नियन्त्रणका लागि १० अर्ब खर्च भएको बताएपछि काँग्रेसले त्यसको खर्च विवरण माग्दै सडक र संसदमा आवाज उठाइरहेको छ । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान… सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे