गृहपृष्ठ ∕ समाचार ∕ विदेशबाट आएकालाई राख्न बन्देउमा ‘होल्डिङ सेन्टर’ बनाइने विदेशबाट आएकालाई राख्न बन्देउमा ‘होल्डिङ सेन्टर’ बनाइने सिन्धु खबर असार १, २०७७ गते १८:३८ मा प्रकाशित चौतारा । विदेशबाट आएका जिल्लाका नागरिकहरुको व्यवस्थापन गर्नका लागि बन्देउमा अस्थायी होल्डिङ सेन्टर निर्माण गरिने भएको छ । विदेशबाट आएकालाई काठमाडौंमा रहेको बाग्मती प्रदेशको होल्डिङ सेन्टरबाट ल्याएर जिल्लामा राख्न र स्थानीय तहमा पठाउन बन्देउमा अस्थायी होल्डिङ सेन्टर निर्माण गर्न लागिएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकले काठमाडौंमा रहेको होल्डिङ सेन्टरबाट यातायातको व्यवस्था गरि बन्देउको होल्डिङ सेन्टरसम्म ल्याउनका लागि विदेशबाट आएका नागरिकहरुको व्यवस्थापन गर्न जिल्लामा बनेको उप-समितिलाई जिम्मा दिएको छ । बन्देउको होल्डिङ सेन्टरबाट स्थानीय तहहरुले यातायातको व्यवस्था गरि आफ्ना नागरिकलाई स्थानीय तहहरुले व्यवस्था गरेको क्वारेन्टाइनमा लानेछन् । मेलम्ची क्षेत्रका स्थानीय तहका लागि भने जिरो किलो (काभ्रेपलाञ्चोक) बाट सम्बन्धित स्थानीय तहले आफ्ना नागरिक लाने व्यवस्था मिलाइनेछ । बन्देउको होल्डिङ सेन्टरका लागि आवश्यक कुर्सी, पानी, शौचालयजस्ता आवश्यक भौतिक सामग्रीको निर्माण गर्न र काठमाण्डौंबाट सिन्धुपाल्चोक ल्याउन यातायातको व्यवस्थाका लागि प्रत्येक स्थानीय तहले ५० हजारका दरले रकम उपलब्ध गराउनेछन् । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो