बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारपौडी खेल्ने क्रममा वेपत्ता किशोरको शव भेटियो

पौडी खेल्ने क्रममा वेपत्ता किशोरको शव भेटियो


मेलम्ची । पौडी खेल्ने क्रमम इन्द्रावती खोलाले बगाएका किशोरको शव आज भेटिएको छ । मेलम्ची नगरपालिका-११ बगैचा बस्ने निरञ्जन श्रेष्ठको छोरा वर्ष १८ को शिर्जन श्रेष्ठ को शव चौतारा साँगाचोकगढी नगरपालिका-११ नम्बर वडाको इन्द्रावती बगरको भीमसेन मन्दिर नजिक भेटिएको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पौडी खेल्ने क्रममा इन्द्रावती खोलाले बगाएर हिजो उनी बेपत्ता भएका थिए । स्थानीयले खोला बगरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । आज नै शव परिवारलाई जिम्मा प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!