बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीति‘कोभिड–१९ लाई छुट्याएको ५० करोडको हिसाब चाहियो’: प्रदेश सभा सदस्य लामा

‘कोभिड–१९ लाई छुट्याएको ५० करोडको हिसाब चाहियो’: प्रदेश सभा सदस्य लामा


काठमाडौं । गत जेठको २४ गते मलाई मोबाइलमा म्यासेज आयो । त्यो म्यासेज मेरो कान्छा भाइकोे थियो । उनले सोधे दाई तपाई त माननीय हुनुहुन्छ । तपाईसँग छलफल हुन्छ होला त्यो १० अर्ब कहाँ गयो ? ’मैले जवाफ लेखँ प्रदेशमा पनि कोरोना कन्ट्रोल गर्न ५० करोड छुट्याएको छ । त्यसमा २५ करोड खर्च भएको जवाफ दिएँ ।

उनले मलाई भने ७ वटा प्रदेशमा ३ अर्ब ५० करोड हुने रहेछ भन्ने हिसाव दिए । उनले जिज्ञासा राख्दै खर्चको कुरा सोधेपछि म नाजवाफ भएँ । त्यसैले सरकारलाई भन्न चाहन्छु प्रदेशले गरेको खर्च सदनमा पेश गर्नुपर्छ ।

विदेशबाट आउनेलाई प्रदेशको व्यानर राखेर सेनाले उनीहरुलाई सिडिओलाई बुझाएका छन् । प्रदेश सरकार खोइ ? विदेशबाट आउनेलाई होटलमा राखेर पिसीआर परीक्षण गरेर मात्र स्थानीय तहलाई जिम्मा दिनु उपयुक्त हुन्छ । प्रदेश सरकारको उपस्थिति देखाउनु पर्‍यो । सदनमा कोभिड–१९ को खर्चको हिसाव देखाउनुपर्छ ।
                                                                              (लामाले आइतबार बागतमी प्रदेश सभामा राखेको मन्तव्यको अंश)


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!