Techie IT
Tuesday, August 3,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठसमाचारइन्द्रावतीको `डाँठेडाँडा गैटार मोटर बाटो` शिलान्यास

इन्द्रावतीको `डाँठेडाँडा गैटार मोटर बाटो` शिलान्यास


इन्द्रावती । इन्द्रावती गाउँपालिका र योजना आयोगको सामुहिक बजेटमा डाँठेडाँडा गैटार मोटर बाटो कालोपत्रे हुने भएको छ । इन्द्रावती १० डाँठेडाँडा गैटार मोटर बाटो कालोपत्रे कार्यक्रमको आज गाउँपालिका अध्यक्ष वंशलाल तामाङले शिलान्यास गरेका हुन् ।

इन्द्रावती गाउँपालिकाको चार करोड र योजना आयोगको थप चार करोड बजेटमा मोटर बाटो कालो पत्रेका लागि यो आर्थिक वर्षमा पाँच करोड ५९ लाखको टेन्डर भएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए । धुलिखेल निर्मााण सेवाले टेण्डर पाएको यो मोटर बाटो आर्थिक वर्ष ०७७/७८ मा छ सय मिटर कालोपत्रे गर्ने गापाको योजना छ ।

यो मोटर बाटो मध्यपहाडी लोकमार्गसँग जोडिन्छ । कालोपत्रे सँगसँगै मोटर बाटोको वारिपारि वृक्षारोपण गर्ने, ढल बनाउने र वाल लगाउने कामपनि सुरु गरिएको छ । यो बाटोलाई वातावरणमैत्री बाटोको रुपमा विकास गर्न लागेको अध्यक्ष तामाङले बताए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!