बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका कार्यालयहरु बिहान ८ देखि ६ बजेसम्म खुल्ने

सिन्धुपाल्चोकका कार्यालयहरु बिहान ८ देखि ६ बजेसम्म खुल्ने


चौतारा । जिल्लाका सबै कार्यलयहरु दुई सिफ्टमा खुल्ने भएका छन् । कार्यालयहरु बिहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा खुल्ने भएका हुन् ।

सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयका साथै बैक ताथ वित्तीय संस्थाहरु दुई सिफ्ट खुल्ने आज बसेको जिल्ला कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढी हुने भन्दै सिमित व्यक्तिहरुको उपस्थितिमा यी कार्यालयहरु खोलिने भएको हो । सरकारले लकडाउनको मोडालिटीलाई केही खुकुलो बनाएसँगैं यी कार्यालयहरु नियमित खुल्ने भएका छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!