सिन्धु काँग्रेसको आफ्नै भवन निर्माण सुरु

चौतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोकले आफ्नै कार्यालय भवन (विपी अध्ययन केन्द्र) निर्माणको काम थालेको छ । काँग्रेसले १३ आना जग्गामा तीन करोड ७० लाख लागत (स्टिमेट)मा पार्टी कार्यालय निर्माणको काम सुरु गरेको हो । पूर्व सभापति रोहिणी राज सिग्देलले पार्टीको लागि दान गरेको चौतारा नगरपालिकामा रहेको जग्गामा भवन निर्माण भइरहेको छ ।
साढे दुई तलाको भवन सभाहल सहितको बन्ने पार्टी सभापति विकास लामाले जानकारी दिए । संसद विकास कोषबाट परेको २५ लाख र केही आन्तरिक स्रोतबाट यो साल (२०७७) एकतलाको भवन निर्माण गर्ने काँग्रेसको योजना छ । अर्को सालसम्ममा भवनले पुर्णता पाउने सभापति लामाले बताए । माथिल्लो तलामा भने ज जसले आर्थिक सहयोग गर्छ उनीहरुकै नाममा कोठाहरुको नाम राखिने छ ।
कार्यालय निर्माणका लागि धेरै जनाले सहयोग जुटाउने आश्वासन दिँदै फोन गरेको लामाले बताए । उनले जसले जे सक्छ सोही सहयोग गरेर कार्यालयलाई पुर्णता दिनपनि सबैलाई आग्रह गरेका छन् । धेरै जनाले सहयोग जुटाउने आश्वासन दिएकाले भवनले छिट्टै पुर्णता पाउने उनको विश्वास छ । ‘आफ्नै कार्याकालमा भवन निर्माण जस्तो महत्वपुर्ण कामको सुरुवात गरे धेरै खुशी छु,’ उनले भने ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस