गृहपृष्ठ ∕ समाचार ∕ कुवेतबाट आएका सिन्धुपाल्चोकका १५ जना काठमाडौंमै, स्वास्थ्य परीक्षण पछि जिल्ला आउने कुवेतबाट आएका सिन्धुपाल्चोकका १५ जना काठमाडौंमै, स्वास्थ्य परीक्षण पछि जिल्ला आउने सिन्धु खबर जेठ ३०, २०७७ गते २१:३१ मा प्रकाशित चौैतारा । कुवेतबाट आएका सिन्धुपाल्चोकका १५ जना स्टाफ कलेज जावलाखेलमा राखिएको छ । उनीहरुसहित बाग्मती प्रदेशका ४५ जना त्यहा राखिएको छ । उनीहरुको स्वास्थ्य परीक्षण गरेपछि मात्रै जिल्ला पठाउने जानकारी आएको विदेशबाट आएका व्यक्तिहरुको व्यवस्थापन गर्न बनेको उपसमितिका सह-संयोजक तथा डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । उनीहरुको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आए त्यहीको अस्पतालमा उपचार गराउने र नेगेटिभ आए जिल्ला पठाउने तयारी रहेको उनले जानकारी दिए । बाग्मती प्रदेशका लागि बनाइएको होल्डिङ सेन्टरबाट उनीहरुलाइृ नेपाली सेनाले स्टाफ कलेज लगेको हो । उनीहरुको खानपानको जिम्मा पनि सेनाले लिएको छ । उनीहरु मेलम्ची, चौतार नगरपालिका र जुगल, इन्द्रावती, हेलम्बु गाउँपालिकाका छन् । विदेशमा आममाफी पाएर उनीहरु नेपाल आएका हुन् । भिसाको अवधि सकिएका र गैरकानुनी रूपमा कुवेत बस्दै आएकालाई कुवेत सरकारले आममाफी दिएर स्वदेश फर्काएको हो । उनीहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा नेपाल ल्याइदिएको हो । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे