Techie IT
Wednesday, December 2,2020 / बुधबार, मंसीर १७, २०७७
×
गृहपृष्ठसमाचारतरुण दल अध्यक्ष लामा `हिरो अवार्ड`बाट सम्मानित

तरुण दल अध्यक्ष लामा `हिरो अवार्ड`बाट सम्मानित


चौतारा । तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामा `हिरो अवार्ड`बाट सम्मानित भएका छन् । अमेरिकामा रहेको `हामी नेपाली `भन्ने संस्थाले लामालाई हिरो अवार्डबाट सम्मान गरेको हो ।

हामी नेपाली भन्ने संस्था विश्वको ४६ देशमा छ । ४६ देशहरुबाट राम्रो काम गर्नेहरुको सूची तयार गरेपछि विना स्वार्थ समाजसेवा गर्नेलाई यो अवार्ड दिइने गरिन्छ ।

विभिन्न समयमा सामाजिक काममा सक्रिय लामाले कोरोना महामारीमा विपन्नहरुलाई खाद्यान्न सहयोग गरेका छन् । यसअघि पनि उनले विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामगी वितरण गर्दे आएका छन् ।

लामाले २०७२ को भूकम्पमा पनि पीडितहरुलाई खाद्यान्न, लताकपडाजस्ता राहत सामग्री वितरण गरेका थिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस