सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठसमाचारआज कुवेतबाट १५ जना सिन्धुपाल्चोक आउँदैं(नामावलीसहित)

आज कुवेतबाट १५ जना सिन्धुपाल्चोक आउँदैं(नामावलीसहित)


चौतारा । कुवेतबाट आजपनि सिन्धुपाल्चोकका विभिन्न स्थानका महिलाहरु आउँदैछन् । आज जिल्लाका १५ महिला काठमाडौं हुँदै सिन्धुपाल्चोक आउन लागेको डीएसपी माधव काफ्लेले जानकारी दिए । उनीहरु दिउँसो १ बजेर ५० मिनेटमा काठमाडौं आइपुग्ने बताइएको छ ।

उनीहरु मेलम्ची, चौतार नगरपालिका र जुगल, इन्द्रावती, हेलम्बु गाउँपालिकाका छन् । विदेशमा आममाफी पाएर उनीहरु नेपाल आउन लागेका हुन् । कोरोना महामारीमा भिसाअवधि सकिएर पनि बसिरहेकाहरुलाई कुवेत सरकारले आममाफी दिएर स्वदेश फर्काएको हो ।

उनीहरुलाई कुवेत सरकारले सेल्टरमा खान बस्न दिएर राखेको थियो । उनीहरुलाई कुवेत सरकारले नै नेपाल ल्याइदिन लागेको हो । । उनीहरुलाई विभिन्न स्थानीय तहहरुले काठमाडौंबाट जिल्ला ल्याएर क्वारेन्टाइन्मा राख्नेछन् । यसअघि हिजो कुवेतबाट २४ महिला र युएईबाट ७ जना सिन्धुपाल्चोकका आइसकेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!