गृहपृष्ठ ∕ समाचार ∕ बलेफिको मांखामा स्वास्थ्य चौकीको जग खन्दै गर्दा बम भेटियो बलेफिको मांखामा स्वास्थ्य चौकीको जग खन्दै गर्दा बम भेटियो सिन्धु खबर जेठ २९, २०७७ गते ९:४७ मा प्रकाशित चौतारा । बलेफि गाउँपालिका-६ मांखामा द्धन्द्धकालका राखिएको बम भेटिएको छ । वडा नम्बर ६ मा स्वास्थ्य चौकी भवन बनाउनका लागि जग खन्दै गर्दा हिजो नै बम भेटिएको वडाध्यक्ष चित्र लामाले जानकारी दिए । बम भेटिएपछि तत्कालिन अवस्थामा बम राख्ने व्यक्तिले नै यसले केही असर गर्दैन भनेकाले प्रहरीमा खबर नगरिएको स्थानीयले बताएका छन् । तर फेरि भोलि केही भइहाल्यो भने संकट आउन सक्ने भन्दै केही स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर प्राप्त हुनासाथ आज बिहानै घटनास्थलमा प्रहरी सहायक निरिक्षक चित्र बहादुर खुलालको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो । साथै शसस्त्रको टोली पनि सो स्थानमा पुगेको थियो । उक्त स्थानमा सुनकोशी हाइडोपावर क्याम लामोसाँघुबाट सहायक सेनानीको कमाण्डमा पाँच जनाको टोली पनि खटि गएको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । उक्त स्थान सुरक्षित राखिएको र बम डिस्पोजका लागि श्री गोरक बक्स गण चौतारा ब्यारेकबाट टोली खटाइएको उनले जानकारी दिए । प्रहरीले शंकास्पद वस्तु फेला परेमा नछोइ नचलाइ सुरक्षा निकायमा खबर गर्न पनि अनुरोध गरेको छ । द्धन्द्धकालीन समयमा मांखा तत्कालीन माओवादीको उर्वर भूमिको रुपमा चिनिन्थ्यो । सो ठाउँमा दन्द्धकालमा बम भण्डारण गर्ने गरिएको स्थानीय नेकपा कार्याकर्ताले बताएका छन् । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे