मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाचारपाँचपोखरीका गाउँपालिकाका सबै सेवा बन्द

पाँचपोखरीका गाउँपालिकाका सबै सेवा बन्द


चौतारा । पाँचपोखरी थाङ्गपालधाप गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले आफ्ना सबै सेवा बन्द गरेको । बुधबार गाउँपालिकाले जारी गरेको सूचनामा जेठ २८ गतेदेखि असार १ गतेसम्म अर्को सूचना नआएसम्मका लागि भन्दै गाउँपालिका कार्यालय र वडाकार्यालयहरु सम्पुर्ण बन्द हुने जानकारी दिएको छ ।

कोरोना संक्रमण देखिएका दुई जनालाई पूनः परीक्षण गर्नुपर्ने देखिएकाले सबै सेवा बन्द गर्नुपरेको निमित प्रशासकीय अधिकृत संजय कुमार सिंहले हस्ताक्षर गरेको सूचनामा भनिएको छ । सर्वसाधारणप्रति पर्न गएको क्षमाप्रति गाउँपालिकाले क्षमा मागेको छ ।

दोलखाबाट आएका वडा नम्बर ६ का १० जनामध्ये दुई जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको मेलम्ची नगरपालिकाको आइसोलेसन कक्षमा उपचार सुरु भएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!