शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचार‘हेल्प’ को आर्थिक सहयोगमा सामुदायिक सिकाइ केन्द्रको भवन बन्ने

‘हेल्प’ को आर्थिक सहयोगमा सामुदायिक सिकाइ केन्द्रको भवन बन्ने


चौतरा । चौतारा साँगाचोकगढी नगरपालिका-८ को मेलचौरमा मालिकादेवी सामुदायिक सिकाई केन्द्रको आफ्नै पक्की भवन बन्ने भएको छ । हेलम्बु एजुकेशन एण्ड लिभ्लीहुड पार्टनरसीप (हेल्प) को ५५ लाख आर्थिक सहयोगमा मालिकादेवीको आफ्नै भवन बन्न लागेको हो । पाँचकोठे पक्की भवनको शिलान्यास आज भएको छ ।

चौतारा साँँगाचोकगढीका मेयर अमानसिंह तामाले भवनको हिलान्यास गरेका हुन् । जिल्लामा रहेका ४४ वटा सामुदायिक केन्द्रमध्ये आफ्नै भवन बनाउने पहिलो सिकाइ केन्द्र मालिकादेवी सिकाइ केन्द्र भएको हेल्पका अध्यक्ष जीम्मी लामाको दावी छ । मालिकादेवी सिकाई केन्द्रले महिला सशक्तिकरण, विद्यालयका शिक्षक र कृषकहरुलाई तालिम, प्रशिक्षण दिने जस्ता सामाजिक कार्यहरु गर्दै आएकाले भवन निर्माणका लागि आफूले सहयोग गरेको हेल्पका अध्यक्ष लामाले बताए ।

भवन निर्माणका लागि जग्गा वडाले उपलब्ध गराएको हो । वडा र नगरले जग्गा सम्याउने, भवन निर्माण भइसकेपछि कम्पाउण्ड लगाउने काम गर्दछ भने भवन निर्माणको बाँकी कामको लागि हेल्पले सहयोग गरेको हो ।

अनौपचारिक क्षेत्रमा स्वास्थ्य ,शिक्षा, कृषि, महिलाहरुलाई तालिम दिने जस्ता कामहरु यसअघि नै गर्दै आएको मालिकादेवी सिकाइ केन्द्रका सदस्य तुलसी दंगालले जानकारी दिए । भवन निर्माण भएपछि सिकाइ केन्द्रमा इ-लाइबेरीको विकास गर्ने योजना रहेको उनले बताए । सिकाइ केन्द्रमा एउटा सभाहलको व्यवस्था गर्ने केन्द्रको आगामी योजना छ । हेल्पले सिन्धुपाल्चोकमा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!