शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारपाँचपोखरीका थप दुई पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या पाँच पुग्यो

पाँचपोखरीका थप दुई पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या पाँच पुग्यो


चौतारा । सिन्धुपाल्चोकमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगैं सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा रहेका पाँचपोखरी थाथाङपालधाप गाउँपालिका ६ का दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

३९ र ४० वर्षका दुई पुरुषमा कोरोना संक्रमण भएको हो । उनीहरु दोलखाबाट जेठ ११ गते मेलम्ची आएका थिए । मेलम्ची आएर उनीहरु मेलम्चीको रिभर भ्यू रिसोर्टको क्वारेन्टाइनमा बसेका थिए । २३ गते स्वाब संकलन गरेर पठाइएका उनीहरुको आज पीसीआर पोजेटिभ आएको हो ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!