बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकमा कार्यरत प्रहरी र एम्बुलेन्स चालकको बिमा गर्ने पूर्वमन्त्रीको बस्नेतको घोषणा

सिन्धुपाल्चोकमा कार्यरत प्रहरी र एम्बुलेन्स चालकको बिमा गर्ने पूर्वमन्त्रीको बस्नेतको घोषणा


चौतारा । पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले जिल्लाका एम्बुलेन्स चालक र प्रहरीको कोरोना बिमा गरिदिने भएका छन् ।

बस्नेतले जिल्लामा आफ्नो स्वास्थ्यको ख्याल नगरी महामारीमा बिरामी ओसारपसार गर्ने एम्बुलेन्स चालक र अग्रंपक्तिमा खटिएर काम गर्ने प्रहरीको कोरोना बिमा गरिदिने घोषणा गरेका हन् । सिन्धुपाल्चोक जिल्ला प्रहरी मातहत अहिले लगभग साढे तीनसय जना कार्यरत छन् ।

चालक र प्रहरी दुवै महामारीको समयमा अग्रंपक्तिमा खटिएर काम गरिरहेकाले उनीहरुको उच्च मनोबल बढाइराख्न बिमा गरिदिने बस्नेतले बताए । यसअघि जिल्लामा कार्यरत ६ सय १३ स्वास्थ्यकर्मीको बिमा पूर्वमन्त्री बस्नेतले नै गरिदिएका थिए ।

कोरोनाको कारण संक्रमण भएर मर्ने नेपालकै पहिलो व्यक्ति राम्चेकी सुत्केरी महिलाको नाबालक छोराकोलागि ५० हजार नगद दिएका थिए । साथै उनले उक्त बच्चाको पठनपाठनको जिम्मा पनि लिएका छन् ।

बस्नेतले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा पीपीई, थर्मलगन, माक्सलगायत स्वास्थ्य सामग्री वितरण गरेका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!