बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाचारकुवेतबाट काठमाडौं हुँदैं भोलि २२ जना सिन्धुपाल्चोक आउने (नामावलीसहित)

कुवेतबाट काठमाडौं हुँदैं भोलि २२ जना सिन्धुपाल्चोक आउने (नामावलीसहित)


चौतारा । कुवेतबाट जिल्लाका २२ जना बुधबार आउँदैं छन् । विदेशबाट नेपाल आउन चाहने नेपाली नागरिकलाई उद्धार गर्ने सरकारको निर्णय भएसँगै भोलि २२ जना सिन्धुवासी काठमाडौं हुँदैं जिल्ला आउन लागेका हुन् । उनीहरुलाई जिल्ला आएपछि स्थानीय तहहरुले व्यवस्थापन गरेको क्षेत्रीय तथा पालिकास्तरीय क्वारेन्टाइनमा राख्ने जिम्मा स्थानीय तहलाइ नै दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्ला आउन लागेका व्यक्तिहरुलाई स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनसम्म आउन स्थानीय तहहरुलाई प्रदेश सरकारसँग समन्वय गर्नसमेत अनुरोध गरेको छ । उनीहरुको खाने बस्ने व्यवस्था स्थानीय तहहरुले नै गर्नेछन् । विदेशबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै घर पठाउने केन्द्रले यसअघि नै निर्णय गरेको छ ।

उनीहरुलाई त्रिभुवन विमानस्थलबाट होल्डिङ सेन्टरसम्म ल्याउन यातायातको व्यवस्था कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गर्नेछ । होल्डिङ सेन्टर हुँदै होटल क्वारेन्टाइन तथा सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनसम्म जाने यातायातको समन्वय प्रदेश सरकारले ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागसँगको समन्वयमा गर्ने बताइएको छ । जिल्लासम्म आउन समन्वय गर्नका लागि जिल्लामा पनि समन्वय अधिकारीको अध्यक्षतामा उपसमिति गठन गरिएको छ ।

यसैगरी विदेशबाट मानिसहरु आउने क्रम बढेसँगै जिल्लामा रहेका क्वारेन्टाइन अपुग देखिएको छ । आफ्नो स्थानीय तह भित्रका व्यक्तिहरुका लागि स्थानीय तहहरुले नै क्वारेन्टाइनको व्यवस्था गर्न पनि केन्द्रले अनुरोध गरेको छ ।

साथै केन्द्रले विदेशबाट व्यक्तिहरु भित्रने क्रमसँगै पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्ने भीटीएमको कमी हुने भन्दै न्युनतम २ सय थान भीटीएम खरिद गरी राख्ने व्यवस्था मिलाउन स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!