बाह्रबिसेमा दिर्घरोगीलाई घरमै औषधि

बाह्बिसे । जिल्लाका बिभिन्न स्थानीय तहले कोरोना भाइरस (कोभिड १९) प्रतिरोधी स्वास्थ सामाग्री वितरण गर्न छाडेको अवस्थामा बाह्बिसे नगरपालिका-४ ले भने दिर्घरोगी र स्थानीयलाई औषधि र स्वास्थसामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
वडामा रहेका सय बढी दीर्घर्घरोगी (सुगर, प्रेसर, थाइराइड, दम) जस्ता रोगका बिरामीलाई वडाले घरघर र उनीहरु रहेका स्थानमै पुगेर औषधि र स्वास्थसामग्री वितरण गरेको वडाका विपद व्यवस्थापन समितिका सदस्य नवीन श्रेष्ठले जानकारी दिए । जनप्रतिनिधि र स्वास्थ स्वंयसेविका र स्थानीय युवाहरु घरमा आएर औषधी दिएपछि बाह्बिसे नपा ४ का वृद्ध भक्तलाल रञ्जितकार अति खुशी भएका छन् ।
उनी भन्छन् “लकडाउनमा औषधि नपाएर हैरान भएको बेला वडाले लगाएको गुण कहिल्यै र्बिसिन्न”। अर्का एक वृद्ध सोम बहादुर श्रेष्ठले वडा र जनप्रतिनिधिले आफूहरुको स्वास्थप्रति ख्याल राखेकोमा धन्यबाद प्रकट गरे ।
यसैगरी वडा र स्थानीय युवाहरुले बाह्बिसे नपा ४ मा भित्रिने सवारीसाधानलाई किटनाशक औषधी छर्केने काम गरेका छन् । स्थानीय पसलमा खाद्यन्न र अन्य खाद्य बस्तु बिक्रि बितरण गर्नका लागि सामाजिक दुरीमा गोलो घेरा लगाई कोरोना संक्रमण हुन नदिने काम पनि गरेको विपद व्यवस्थापन समितिका सदस्य श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस