मेलम्चीमा सवारी दुर्घटना हुँदा तीन घाइते

मेलम्ची । मेलम्ची नगरपालिकाको नेपानेमा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएको छन् । मेलम्ची ६ मेलम्ची-तिम्बु कच्ची सडक खण्डमा भैरहवा बाट सिमेन्ट लोड गरी चनौटे तर्फ जादै गरेको ना ५ ख ९७०६ नं.को १२ चक्के ट्रक अचानक सडकबाट तल खसेको हो ।
सडकबाट ६/७ मिटर तल ट्रक खस्दा चालकसहित गाडीमा सवार तीन जना घाइते भएका हुन् । तीन जना मध्ये चालक मेलम्ची-१३ का २७ बर्षीय राम कुमार घोरासैनी र सहचालक काभ्रे बनेपा-१२ का १९ वर्षीय सागर वाग्ले सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
हेलम्बु २ की ४० वर्षीय चन्द्र कुमारी थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको र उनको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ । गाडी घटना स्थलमा नै रहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस