बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारविदेशबाट आएकाको व्यवस्थापन गर्न समन्वय अधिकारीको संयोजकत्वमा उपसमिति गठन

विदेशबाट आएकाको व्यवस्थापन गर्न समन्वय अधिकारीको संयोजकत्वमा उपसमिति गठन


चौतारा । विदेशबाट आएका जिल्लाका व्यक्तिहरुलाई लिन जाने र क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि जिल्लास्तरमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।

जिल्ला कोभिड-१९ विपद व्यवस्थापन केन्द्रको आज बसेको बैठकले समन्वय अधिकारी महेन्द्रनाथ भट्टराईको संयोजकत्वमा एक उपसमितिको गठन गरेको हो । उपसमितिले वाग्मती प्रदेशको होल्डिङ सेन्टरसम्म पुगेर विदेशबाट आएका जिल्लावासीलाई ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नेछ ।

उपसमितिको सह-संयोजकमा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले, प्रशासकीय अधिकृत रामकृष्ण घिमिरे, शसस्त्र प्रहरी इन्स्पेक्टर निरक शाही, खोप अधिकृत पार्थमणी न्यौपाने, नेपाली सेनाका अधिकृत र पत्रकार महासंघका एक एक जना प्रतिनिधि हुनेछन् ।

साथै बैठकले विदेशबाट आएकाको व्यवस्थापनमा थप सहज गर्न स्थानीय तहमा जिम्मेवार एकजना व्यक्तिलाई सम्पर्क व्यक्ति तोक्न पनि स्थानीय तहहरुलाई अनुरोध गरेको छ । विदेशबाट जिल्लाका सातजना आएका छन् । उनीहरुमध्ये तीनजना जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा छन् ।

यसैगरी विदेशबाट आएका व्यक्तिहरुलाई राख्न होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउने बारे थप छलफल गर्न चौतारा साँगाचोकगढीका मेयर सम्बन्धित वडाका वडाध्यक्षलाई जिम्मेवारी दिइएको छ । उनीहरुले दुइ दिनभित्र छलफल गरी प्रतिवेदन बुझाएपछि सोही अनुसार उक्त क्षेत्रमा क्वारेन्टाइन सञ्चालन गरिने भएको छ ।

यसअघि होटल व्यवसायी र सरकारी अधिकारी बीच भएको छलफलमा क्वारेन्टाइन बनाउनेबारे सहमति भएतापनि स्थानीयवासीले विरोध गरेका थिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!