गृहपृष्ठ ∕ समाचार ∕ कुञ्चोकमा गाँजा खेती गर्ने र खाने दुवैलाई कारवाही कुञ्चोकमा गाँजा खेती गर्ने र खाने दुवैलाई कारवाही सिन्धु खबर जेठ २६, २०७७ गते १६:५२ मा प्रकाशित चौतारा । इन्द्रावती गाउँपालिका-३ कुञ्चोकले हस्पिटल तथा कोरोना संक्रमित स्थानबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने भएको छ । बाहिरबाट आएकाहरु धमाधम संक्रमित भएको समाचार आएलगतै वडाले यस्तो निर्णय गरेको हो । वडामा १० बेडको क्वारेन्टाइन तयारी अवस्थामा छ । वडा नम्बर ३ ले वडामा हुने अवाञ्छित क्रियाकलापलाई पनि रोक लगाउने भएको छ । वडाध्यक्ष देवप्रसाद बाँनियाको अध्यक्षतामा शनिबार स्थानीयसँग भएको छलफलमा वडामा हुने जुवातास खेल्ने, जाँडरक्सी खानेजस्ता क्रियाकलाप रोक्न नवलपुर प्रहरीको सहयोग लिइ नियन्त्रण गर्नेबारे छलफल भएको काँग्रेस जिल्ला सदस्य उद्धव बाँनियाले जानकारी दिए । साथै वडामा बाहिरबाट आएका मानिसहरु बढेसँगै गाँजा खाने क्रम बढेको गुनासो आएकाले अब वडामा गाँजा खेती गर्ने र खाने गरेको पाइएमा आवश्यक कारवाही गरिने भएको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?