बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारतेस्रो कोरोना संक्रमित युवाको मेलम्चीको आइसोलेसन कक्षमा उपचार हुँदैं

तेस्रो कोरोना संक्रमित युवाको मेलम्चीको आइसोलेसन कक्षमा उपचार हुँदैं


चौतारा । कोरोना संक्रमणको पुष्टि भएका मेलम्ची क्वारेन्टानमा रहेका युवकलाई मेलम्चीमा रहेको आइसोलेसनमा राखिएको छ । उनको पीसीआर पोजेटिभ देखिएपछि थप उपचारकालागि मेलम्ची नगरपालिकामा रहेको आइसोलेसन कक्षमा राखिएको हो ।

२० वर्षीय पुरुष भारतबाट आएर मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा बसेका थिए । उनको स्वाब संकलन गरी टेकु प्रयोगशाला परीक्षणका लागि पठाइएकोमा उनमा कोरोना पोजेटिभ देखिएको रिपोर्ट आज आएको जनस्वास्थ्य अधिकृत दुर्गादत चाँपागाइले जानकारी दिए ।

उनकोे कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको मेलम्ची नगरपालिकाले जनाएको छ । उनी गत १४ गते मेलम्ची आइपुगेका थिए । उनी इन्द्रावती गाउँपालिकाका हुन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!