सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठसमाचारलामोसाँघुको विद्युत प्राधिकरणको इन्टेकमा पुरुषको शव फेला

लामोसाँघुको विद्युत प्राधिकरणको इन्टेकमा पुरुषको शव फेला


चौतारा । सुनकोशी गाउँपालिका ७ मा रहेकोे नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको इन्टेकमा एकजनाको शव फेला परेको छ । केन्द्रको इन्टेक गेटमा नियमित रुपमा गरिने ट्रयाक र्‍याक सफा गर्न नहर शट डाउन गरी सफा गर्ने क्रममा आज शव फेला परेको हो ।

शव हेर्दा एक दुई दिन अघि नै मृत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । शव बलेफि गाउँपालिका ८ फाँट बस्ने बाबुराम केसीको छोरा वर्ष ३० को मनोज केसीको रहेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

बाह्रबिसेबाट खटिएको प्रहरी निरिक्ष नवराज न्यौपानेको टोलीले शवको जाँच मुचुल्का लगायतको काम गरेको र थप अनुसन्धान गरिरहेको काफ्लेले बताए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!