Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचारयुएईबाट आएका तीनजना चौताराको क्वारेन्टाइनमा

युएईबाट आएका तीनजना चौताराको क्वारेन्टाइनमा


चौतारा । युएईबाट आएकामध्ये चारजना सिन्धुपाल्चोकका रहेका छन् । एयर अरेबियाको विमान मार्फत आएका १६८ जना मध्ये चार जना सिन्धुपाल्चोकका हुन् । उनीहरुमध्ये तीनजना सिन्धुपाल्चोक आइपुगिसकेको र बाँकी एकजना काठमाडौंमा रहेकोे डीएसपी माधव काफ्लेले जानकारी दिए ।

चौतारा आइपुगेकाहरुमध्ये चौतारा नगरपालिका-१२, इन्द्रावती गाउँपालिका-३ र बाह्रबिसे नगरपालिका-३ का एक एक जना छन् । उनीहरु सबैलाई चौतारामा रहेको जिल्ला समन्वय समितिमा रहेको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई लिन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ काठमाडौं पुगेका थिए । उनीहरुलाई एउटा निजि गाडीमा चौतारा ल्याइएको थियो ।

साँझ चौतारा आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । काठमाडौंको त्रिभुवन विमानस्थलमा झरेलगतै उनीहरु सेनाको गाडी चढेर बसुन्धरास्थित वाग्मती प्रदेशको होल्डिङ सेन्टरमा पुगेका थिए । त्यहाँ उनीहरुको ज्वरो जाँच गरिएको थियो । त्यहाँ जिल्लाबाट लिन आएकालाई जिल्ला पठाइएको थियो भने बाँकीलाई खरिपाटीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको छ ।

यसअघि सातजना सिन्धुपाल्चोकका भनेतापनि चार जना मात्रै रहेको बताइएको छ । नेपाल सरकारले उद्धार गर्ने भन्दा बाहिरका कम्पनीका मानिसहरु बोकेर ल्याएका कारण एकिन तथ्याकं नभएको बताइएको छ । सरकारले विदेशमा अलपत्र परेका कामदारलाई ल्याउने भनेतापनि कम्पनीको टिकट भएका मानिसहरुलाई काठमाडौं ल्याइएको हो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस