गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकका थप एक युवामा कोरोना संक्रमण, संक्रमितको संख्या तीन पुग्यो सिन्धुपाल्चोकका थप एक युवामा कोरोना संक्रमण, संक्रमितको संख्या तीन पुग्यो सिन्धु खबर जेठ २५, २०७७ गते ११:१२ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकको क्षेत्रीय क्वारेन्टाइनमा रहेका एक युवामा कोरोना संक्रमण देखिएको छ । इन्द्रावती गाउँपालिका घर भएका २० वर्षीय एक युवामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमण हुने तीन पुगेका छन् भने एक जनाको संक्रमणकै कारण मृत्यु भएको छ । क्वारेन्टाइनमा राखिएको उनीहरुको यही २१ गते स्वाब संकलन गरेर परीक्षण गर्दा पीसीआर पोजेटिभ आएको हो । जनस्वास्थ्य अधिकृत दुर्गादत चाँपागाइले मेलम्चीको रिभर रिसोर्टमा सञ्चालित क्वारेन्टाइनमा बसेका ती युवामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनी गत १४ गते नगरकोटबाट इन्द्रावती गाउँपालिकाले पठाएको बोलेरोमा जिल्ला आएका थिए । दिदी भाइ दुइजना आएकामा भाइलाई संक्रमण भएको हो । उनीहरु दुई महिनाअघि भारतबाट नेपालगञ्ज नाका हुँदै आएको र विभिन्न जिल्लामा बसेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार उनीहरु विभिन्न ठाउँमा पुगेको रेकर्ड देखिन्छ थप सोधपुछको काम जारी छ । पछिल्लो समय नगरकोटबाट उनीहरुलाई ल्याएर मेलम्ची क्वारेन्टाइनमा राखिएको थियो । अहिले संक्रमितसँग सम्पर्कमा रहेकाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… सात महिनाको तलब नदिई मेसेन्जरबाट जागिर गएको खबर हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो