भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावतीमा ‘शान्ति पार्क’

चौतारा । इन्द्रावती गाउँपालिकामा शान्ति पार्क निर्माण भैरहेको छ । भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा शान्ति पार्कको निर्माण गरिएको हो । इन्द्रावती गाउँपालिकाको नवलपुरमा डेढ करोड लगानीमा पार्क निर्माणको काम भैरहेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
उनका अनुसार भूकम्पमा मृत्यु भएका गाउँपालिका भरका मानिसको नाम सो पार्कमा लेखिनेछ । इन्द्रावती गाउँपालिकाभर भूकम्पमा परी पाँच सय जनाले ज्यान गुमाएका थिए । तत्कालिन ७ गाविसहरु मिलेर इन्द्रावती गाउँपालिका बनेको हो ।
भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै ३५ सय बढीले ज्यान गुमाएका थिए ।भूकम्पमा भौतिक र मानवीय क्षति हुने सिन्धुपाल्चोक पहिलो जिल्ला हो । आगामी आर्थिक वर्ष ०७७/७८ मा शान्ति पार्क निर्माण भइसक्ने अध्यक्ष तामाङले बताए । गार्डेनसहितको पार्कमा मानिसहरु घुम्न आउन पनि सक्नेछन् ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस