Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठसमाचारलिसंखुका शिक्षक श्रेष्ठमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै कारवाहीको माग

लिसंखुका शिक्षक श्रेष्ठमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै कारवाहीको माग


चौतारा । लिसंखुपाखरका शिक्षक कृष्ण बहादुर श्रेष्ठमाथि भएको अभद्र व्यवहारको विभिन्न सामाजिक तथा राजनितिक संघ संगठनले विरोध जनाएका छन् । लिसंखुपाखर-२ मा रहेको बुद्धोदय माविका प्रधानध्यापक श्रेष्ठमाथि गाली गलौज गरी घेराबन्दी गरी दुव्र्यवहार गरेको प्रति संघ संगठनले आपति जनाएका छन् । उनीहरुले घटनामा संलग्नमाथि छानबिनको माग गर्दै दोषीलाई हदैसम्मको कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

माध्यमिक विद्यालय प्रधानध्यापक समाज र नेपाल राष्टिय शिक्षक संगठनलगायत विभिनन संघ संस्थाले विज्ञप्ति निकाल्दै श्रेष्ठप्रति गरिएको दुव्र्यवाहर प्रति खेद प्रकट गरेका छन् । लिसंखुमा रहेको बुद्धोदय मावि एसियाली विकासको सहयोग र जिल्ला आयोजना कार्यान्वयन इकाइको समन्यमा निर्माण भइरहेको छ । वडाध्यक्ष हस्त बहादुर तामाङका अनुसार सो विद्यालय भवन वैशाखमै सक्नुपर्ने भएतापनि कोरोना भाइरस महामारीका कारण भएको लकडाउनले असार मसान्तसम्म सक्नुपर्ने समयसिमा छ । लकडाउनका कारण लामो समयसम्म विद्यालय निर्माणको काम रोकिएको थियो ।

२४ कोठे विद्यालय भवन बनाउन प्राविधिकका रुपमा काम गरिरहेका एक प्राविधिकले बाँकी काम सक्न काठमाडौंबाट आउन लागेको भन्दै वडाध्यक्षलाई यही १८ गते फोन गरेका थिए । वडाध्यक्ष तामाङले गाउँ `सील` छ भन्दै बाहिरबाट मान्छे आउन र जान नदिने भएकाले २० गतेसम्म (त्यतिबेला लकडाउन २० गतेसम्म थियो) कुर्न भनेका थिए । तर १९ गते नै ठेक्का पाएका ठेकेदार विवेक लामाले प्राविधिकसहित ६ जना कामदार लिसंखु पठाएका थिए ।

विद्यालय बाँकी काम सक्न भन्दै काठमाडौंबाट कामदार आएको थाहा पाएपछि स्थानीयले विरोध जनाएका थिए । लकडाउनको समयमा बाहिरबाट मान्छे आउन पनि नदिने र बाहिर पनि नजाने भनेपनि विद्यालय बनाउन मान्छे आएको भन्दै उनीहरु असन्तुष्ट थिए । २० गते सामान्य छलफल गरेपछि भोलि छलफल गरेर नयाँ व्यक्तिहरुलाई काममा लगाउने वा क्वारेन्टाइन्मा दुईहप्ता राख्ने भन्ने सहमति गर्ने भन्दै छलफल टुगिंएको थियो । भोलिपल्ट ठूलो समूहमा स्थानीय आएर वडा कार्यलय घेराउ गरेका थिए ।

वडा कार्यलय घेराउ गरेको थाहा पाएपछि गाउँपालिका उपप्रमुख र वडाध्यक्ष तामाङ वडा कार्यलय पुगेका थिए । त्यहाँ ठूलो संख्यामा आएका व्यक्तिहरुले कुरै नसुनी नारावाजी गर्न थालेको वडाध्यक्षले बताए । वडाध्यक्षले के छ तपाइहरुको कुरा भन्दा स्थानीयले उल्टै पैसा खाएर बाहिरबाट मान्छे ल्याउने भनेर प्रश्न गरे । मैले त्यसो गरेको हैन उहाँहरु आफै आउनुभएको भनेपछि उनीहरु त्यसो भए हेडसरले ल्याएको रहेछ भन्दै पधानध्यापक श्रेष्ठमाथि जाइलागे । प्रधानध्यापक श्रेष्ठ र ती कामदार काठमाडौंबाट सँगै आएका थिए ।

धेरै मानिस भएकाले थोरै सुरक्षाकर्मीलाई समेत भिड नियन्त्रण गर्न गार्हो भएको थियो । उनीहरुले प्रधानध्यापक श्रेष्ठले राजीनमा दिनुपर्ने र नदिए सबैले जुताको माला लगाइदिने धम्की दिएपछि समस्या समाधान हुने भए म राजिनामा दिन्छु भन्दै श्रेष्ठले राजिनामा दिएका थिए । तर राजिनामा दिएपछि पनि स्थानीयले त्यतिले मात्रै पुग्दैन उठबस पनि गर्नुपर्छ भनेपछि उठबस गरेको वडाध्यक्ष तामाङले बताए ।

त्यसपछि उनीहरु हाम्रो माग पुरा भयो भन्दै फर्किएका थिए । `काम गर्न आएकालाई क्वारेन्टाइनमा राख्ने सहमति भइसकेको थियो तर फेरि स्थानीयले यस्तो अभद्र व्यवहार हेडसरसँग गर्यो` उनले भने । सबै गाउँमा काठमाडौंबाट आएकाहरु थिए उनीहरुलाई कुरा बुझाउनै सकिएन तामाङले भने जे भयो नराम्रो भयो । काम गर्न गएका ६ जना काठमाडौं फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस